२०८१ बैशाख २३ , आइतवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।