२०८१ बैशाख १३ , बिहिवार

तल झार्न खोज्दा झन माथि पुगे रवि

सुनाखरी न्युज/ काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कानुनी लडाईमा होमिएकाहरुले यसबीच जति परिश्रम गरे, त्यसले सभापति लामिछानेले केही क्षति पनि व्यहोरे ।

तर केही महिना पछि क्षतिको पूर्ति हुने गरी लामिछान थप बलियो भएर नेपालको राजनीतिमा फर्किएका छन् । नागरिकता रद्द हुँदा हिरोबाट जिरोमा पुगेका थिए उनी । उपनिर्वाचनको मत परिणामले अब उनलाई थप एक सांसदका नेतासहित संसदमा प्रवेश गराउँदैछ । लामिछानेविरुद्धको कानुनी उल्झन नभएको भए अहिलेसम्म उनी शासकका रुपमा पतन भइसक्थे वा के हुन्थे त्यो यसै भन्न सकिन्न थियो । तर उनी जसरी शिखरबाट एकै पटक सतहमा जसरी आए, त्यसै गरी कम व्याक गरेका छन् । तनहुँबाट थप एक सिट जितेपछि अब रास्वपा २१ सिटे राजनीतिक दल बनेको छ ।

सभापति लामिछानेको लक्ष्य प्रधानमन्त्री बन्ने छ । ३२ सिट भएको माओवादी पार्टीका अध्यक्ष अहिले देशमा प्रधानमन्त्री छन् । १० सिटे दलका माधवकुमार नेपाल प्रधानमन्त्रीका लागि पालो कुरेर बसेको यो परिदृश्य विश्लेषण गर्दा रवि लामिछाने प्रधानमन्त्री बन्न नहुने खास कुनै कारण देखिन्न । केही महिनाको प्रयासमै जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदमा २० सिटसहितको महत्वपूर्ण राजनीतिक दलका रुपमा उभ्याइ दिए । त्यही बलमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने । राजनीतिक उद्देश्य समेत मिसिएको जस्तो लाग्ने नागरिकता प्रकरणले लामिछानेलाई शुन्य बराबरको स्थितिमा पुर्याई दियो ।

 

तर यस्तो विवादले लामिछानेलाई छ महिनामै घाटा होइन, नाफामा पुर्याई दियो । वैशाख १० को उपनिर्वाचनमा लामिछानेले आफ्नो निर्वाचनमा कीर्तिमानी जित हाँसिल गरेका छन् । तनहुँमा रास्वपाले कांग्रेसको सिट खोसेर आफ्नो पोल्टामा पारेको छ । रवि लामिछानेसँग जोडिएका विवादमा टेकेर उनलाई साइजमा राख्न खोजिँदा लामिछानेलाई चाहिँ नाफा नै भएको छ । मंसिर ४ को निर्वाचनमा ६७ दशमलव छ तीन प्रतिशत मत खस्दा चितवन २ मा रविले ४९ पचास हजार तीन सय मत ल्याएका थिए ।

 

यसपटक ५ प्रतिशत मत कम खसेपछि रविको मत पनि घट्ने अनुमान गरिएको थियो । तर उनले झापा ५ मा केपी ओलीले ल्याएको सर्बाधिक बढी मतको रेकर्डलाई पनि तोड्दै यसपटक ५४ हजार १७६ मत प्राप्त गरे । ओलीले मंसिर ४ मा ५२ हजार ३९१ मत पाएका थिए । कम मत खस्दा पनि सभापति लामिछानले प्रतिशत र अंक दुवैमा सुधार गर्दै रेकर्ड बनाए । रविले मंसिर चारमा निटकत्म प्रतिस्पर्धीभन्दा तीन गुणा बढी मत ल्याएका थिए । यसपटक यो बढेर झन्डै पाँच गुणा बन्यो । कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार मत पाउँदा रविले ५४ हजार पाए ।

 

मतान्तरको दृष्टिले पनि रविले कीर्तिमानी मत ल्याएका छन् । उनले ४२ हजार ९६२ मतको अन्तरले चुनाव जिते । संसदीय चुनवाको इतिहाँसमा यति ठूलो मतान्तर सम्भवत यो नै पहिलो हुन पनि सक्छ । सत्ता गठबन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठले पाएको मत रविको मतका अगाडि निकै कमजोर देखियो । जनता साथमा छैनन् भने नेताहरुले केन्द्रमा गठबन्धन गर्दैमा केही फाइदा हुँदैन भन्ने चितवन २ को मत परिणामले देखायो ।