२०८३ श्रावण १९ , मंगलबार

झलकमान गन्धर्वको ८८ औं जन्म जयन्ती मनाइयो

शिशिर उजाड/ पोखरा । वरिष्ठ लोक गायक स्वर्गीय झलकमान गन्धर्वको ८८ औं जन्म जयन्ती पोखरामा मनाइएको छ। ग्रामीण क्षेत्रका लोक लयलाई टपक्क टिपेर त्यसमा स्वर तथा सारङ्गीको धुन भर्ने सर्जग गन्धर्वको बाटुलेचौरमा रहेको शालिकमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो।

 

नेपाल गन्धर्व सामुदायिक विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि शालिक निर्माण समितिका संयोजक तारा प्रसाद तिमिल्सिनाले गन्धर्वको प्रतिमामा माल्यार्पण गर्दै स्वर्गीय झलकमान गन्धर्वले नेपाली लोक गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाे भएपनि राज्यले उचित सम्मान नदिएको बताए। केन्द्रका अध्यक्ष सुर्य बहादुर गायकको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ का पुर्व अध्यक्ष धनबहादुर नेपाली,कवि राम बहादुर बानियाँ, समाजसेवी चित्र बहादुर थापा, जगन्नाथ तिमल्सिना, सर्जग दिलिप गायक, केन्द्रका भिम बहादुर गायक, वरिष्ठ सारङ्गी वाधक खिम बहादुर गायक लगायतकाले स्वर्गीय गन्धर्वले सारङ्गी संरक्षण तथा लोक सिर्जनाको क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा झलकमान सारङ्गी पाठशालाका विद्यार्थीद्वारा स्वर्गीय गन्धर्वका गीतहरू प्रश्तुत गरेका थिए। जन्म जयन्तीकै अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यही वैशाख १६ गते सारङ्गी वादन प्रतियोगिता हुने भिम बहादुर गायकले जानकारी दिनुभयो। स्वर्गीय गन्धर्वका आमाले सोध्लिन खोही छोरा भन्लिन सहितका सयौं गित चर्चित रहेका छन्।