२०८१ बैशाख ८ , शनिवार

यस्तो बनाउनुस स्किन केयर रुटिन

सुनाखरी न्युज / छालालाई चिसो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । चिसोमा मनतातो पानीले मुख धुँदा राम्रो हुन्छ । त्यसपछि घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ ।छालालाई धुलो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ ।

 

मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । त्यसैले चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउँदा राम्रो हुन्छ ।घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई नकारात्मक असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ, अनुहार धोइराख्नुपर्दैन, टिस्यु पेपरले सफा गर्दा हुन्छ । टिस्यु पेपर तीनपटकसम्म प्रयोग गर्न पनि सकिन्छ ।

दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि मोस्चराइजर क्रिम सकेसम्म लगाउँदा राम्रो, किनभने रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ । एन्टिएजिङ, दागधब्बालगायत समस्याबाट पनि मुक्त हुन सहयोग पुग्छ । छाला स्वस्थ राख्नका लागि स्वस्थ र सन्तुलित आहार आवश्यक हुन्छ । मद्यपान, धूम्रपान, जंकफुड र अत्यधिक चिल्लो खानेकुराबाट टाढा रहनुपर्छ । पर्याप्त पानी पिउनुपर्छ ।