२०८१ बैशाख ७ , शुक्रवार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ।

 

राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरी उपचार जारी राखिएको छ। पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो। त्यसअघि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको थियो।

 

राष्ट्रपतिको उपचारमा संलग्न रहेका चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ।राष्ट्रपति पौडेलमा शारीरिक रूपमा शिथिलता देखिए पनि हिँडडुल गर्न सक्ने अवस्था रहेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।