सुनाखरी न्युज / काठमाडौं – महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्काएको छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचना हटाउने क्रममा महानगरले डोजर लगाएर संरचना भत्काएको हो । यसअघि मैतीदेवी चेकमा सडक मिचेर बनाइएको प्रहरी बिट पनि भत्काइएको थियो ।
अवैध रूपमा बनाइएका संरचना हटाउन महानगरले पटकपटक ताकेता गरिरहेको छ ।