२०८१ बैशाख १४ , शुक्रवार

चितवनमा भारी मतान्तरसहित रास्वपाको अग्रता

सुनाखरी न्युज/ काठमाडौं । चितवन–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदार रवि लामिछानेले अग्रता बढाउँदै लैजानुभएको छ ।

 

पछिल्लो मतगणनामा लामिछानेले ३६ हजार १ सय ५८ मत प्राप्त गुर्नभएको छ । त्यसैगरी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार १ सय ४८ प्राप्त गरी लामिछानेलाई पछ्याइरहनुभएको छ ।

 

त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।