२०८१ बैशाख ११ , मंगलबार

तनहुँ उपनिर्वाचनः रास्वपा का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी

सुनाखरी न्युज/ काठमाडौं । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनुभएको छ । उहाँले १४ हजार बढी मतान्तरसहित विजयी हुनुभएको हो ।

 

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा रहनुभएका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त ग‍र्नुभयो ।

 

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गर्नुभएको हो ।