२०८२ चैत्र २ , सोमवार

चितवन–२ उपनिर्वाचन मतगणना: रास्वपाका लामिछानेको अग्रता

सुनाखरी न्युज/ काठमाडौं । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता बढाउनु भएकाे छ ।

 

आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लाे मत परिणाम अनुसार रास्वपा उम्मेदवार लामिछानेले ३१ सय ६६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेले १७१६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ १२४१ मत प्राप्त गर्नुभएको छ । याे मत परिणाम इच्छाकामना नगरपालिका १,२,३,४ र ५ को गणना सकिँदाकाे अवस्था हाे ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।