२०८१ बैशाख ७ , शुक्रवार

झुण्डिएको अवस्थामा एक पुरुष फेला

सुनखरी न्युज / भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोशेरामा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन । रुपा राउतको साढे दुई तला घरको भुइँ तलामा डेरा गरी बस्ने एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।

 

सिन्धुपाचोक सुनकोशी गाउँंपालिका।–१ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् । बिहान अबेरसम्म नउठेपछि पुगेको प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डण्डीमा सेतो खादाको पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन ।

 

उनी मृत अवस्थामै भेटिएको प्रहरीले जनाएको छ ।