२०८१ जेठ ६ , आइतवार

विवाह गर्दै रियाशा र भिक्टर

सुनाखरी न्युज/ काठमाडौं । कलाकार रियाशा दाहाल रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी छन् । उनीहरूले लामो समयदेखिको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।

 

रियाशा र भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको रियाशा निकट श्रोतले बताएको छ । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । रियाशा युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् ।

 

उनी पछिल्लो समय ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चाहीँ चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ ।