२०८१ बैशाख १३ , बिहिवार

लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार ढल्याे

सुनाखरी न्युज/ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् ।

विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । गिरीले नेकपा (एमाले) का ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गरे भने नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसलगायतले विपक्षमा मतदान गरेका थिए ।

बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेका थिए । माओवादीसहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत मागेका थिए ।