२०८१ बैशाख १३ , बिहिवार

बारा-२ मा मतगणना जारी

सुनाखरी न्युज/ काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा सोमबार मतगणना भइरहेको छ । सोमबार मध्याह्न सर्वदलीय बैठकपछि मतगणना सुरू भएको हो । मतगणनास्थलमा तारजालीले बेरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

करैयामाई–१ र सुवर्ण गाउँपालिका–१ को मतपेटिका खोलेर मत गन्न थालिएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । आइतबार सम्पन्न मतदानपछि राति नै सबै केन्द्रहरूबाट मतपेटिका संकलन गरिए पनि गणना सोमबार मध्याह्न मात्रै सुरु गरिएको हो ।मतगणनका जारी हुँदा अहिले बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

बारा क्षेत्र न २ मा ६५ प्रतिशत मतदान भएको थियो । जहाँ ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । यस उपनिर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।