२०८१ जेठ ६ , आइतवार

चलचित्र ‘सतीदेवी’को छायांकन आजबाट सुरु

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र ‘सतीदेवी’ को सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने यस चलचित्रको काठमाडौंमा सोमबार साँझसम्म छायांकन गरेपछि निर्माण टिम लम्जुङ प्रस्थान गर्नेछ ।

 

चलचित्रमा मालिका महत, भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दिप बाबु लोहनी, सुजिता सिवाकोटी, विमल श्रेष्ठ, तुलसी प्रसाद श्रेष्ठ, मनिषा सापकोटा, सृजना अधिकारी, बाल कलाकारहरु हर्षिका वली र मन्जिला बानियाँको पनि अभिनय रहने छ । लक्ष्मणले सामाजिक सञ्जालमार्फत केही तस्वीर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् । गीत, स्क्रिप्ट र निर्माण लक्ष्मण स्वयमको रहने छ ।

 

बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन रहने यस चलचित्रको गीतमा दीपक शर्मा र सुभाष भुषालले संगीत भरेका छन् ।