२०८१ बैशाख १३ , बिहिवार

साउदी अरेबियासँगको खेल वर्षाका कारण रद्द

सुनाखरी न्युज/ काठमाडौं । वर्षाका कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरेबियाले अंक बाँडेका छन् ।

 

एसीसी मेन्स प्रिमियर कपअन्तर्गत मूलपानी मैदानमा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका हुन् ।यससँगै नेपाल अन्तिम खेलअगावै ५ अंकसहित प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

 

अन्तिम खेल कीर्तिपुरमा कतारसँग हुनेछ । समूह विजेताको टुंगो उक्त खेलबाट लाग्नेछ ।