२०८२ चैत्र २ , सोमवार

चितवन २ को मतगणना १ बजेबाट सुरू हुने

सुनाखरी न्युज/ काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने भएको छ ।

 

सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने छ ।

 

यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ । चितवन २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।