२०८१ बैशाख १३ , बिहिवार

काठमाण्डौसहित केही ठाउँमा वर्षा, दिउँसो र बेलुका पनि पानी पर्ने

सुनाखरी न्युज/ काठमाडौं । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको छ ।

 

काठमाण्डौसहित बाग्मती, गण्डकी, मधेस र कोशी प्रदेशका केही ठाउँमा पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । लगातार झरी नपरे पनि पानी पर्दै रोकिने क्रम बेलुकैसम्म चल्ने मौसमविद् झाले बताउनुभयो ।

 

दिउँसो पछि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । यस्तै, तराईका जिल्लामा तीव्र गतिमा हावाहुरीसमेत चल्ने मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँको मौसम अहिले धुम्म छ। नेपालमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।