२०८१ बैशाख १२ , बुधवार

तौल बढाउने ५ हर्मोन, नियन्त्रण गर्ने तरिका

सुनाखरी न्युज/ काठमाडौं । तौल बढ्नुको कारण धेरै खानु र तनाव मात्र होइन, कतिपय अवस्थामा असन्तुलित हर्मोनका कारण पनि तौल बढ्ने समस्या आउन सक्छ । केही हर्मोन यस्ता छन् जसले तौल बढाउने काम गर्छन् । आउनुहोस् जानौं ती हर्मोनका बारेमा र तिनलाई नियन्त्रण गर्ने केही टिप्सहरु–

 

कोर्टिसोल
कोर्टिसोल हर्मोन तौल बढ्ने कारण बन्न सक्छन् । तनाव लिँदा यो हर्मोनको स्तर बढ्छ, जसले गर्दा पटक पटक भोक लाग्छ र तौल बढ्न थाल्छ ।

थाइराइड हर्मोन
थाइराइड हर्मोनले मेटाबोलिज्मको प्रक्रियालाई बनाइराख्ने गर्छन् । त्यसैले यो हर्मोन प्रभावित हुँदा हाइपोथाइराइडिज्म हुन्छ र मेटाबोलिज्ममा पनि असर पर्छ जसले गर्दा तौल बढ्न थाल्छ ।

एस्ट्रोजन

एस्ट्रोजन एउटा सेक्स हर्मोन हो । महिलाहरुको प्रजनन प्रणालीलाई कायम राख्ने काम गर्छ । कुनै बेला गर्भावस्था वा मेनोपजका बेला यो हर्मोन बढ्न सक्छ जसले गर्दा मोटोपनको समस्या आउँछ ।

लेप्टिन
लेप्टिन नामक हर्मोनले भोकलाई नियन्त्रण गर्ने गर्दछ । शरीरमा यसको मात्रामा आउने गडबडीले धेरै खाने समस्या हुन्छ जसले गर्दा मोटोपन आउँछ ।

 

कसरी गर्ने नियन्त्रण

मोटोपनबाट बच्नका लागि पहिलो कुरा तपाईंको शरीरमा यी सबै हर्मोनहरु सन्तुलित हुनुपर्दछ । यसका लागि धेरै खाइरहनबाट पनि बच्नुपर्छ । सीमित मात्रामा पौष्टिक आहार लिनुपर्छ । यसका लागि कमसेकम ६ देखि ८ घण्टाको निद्रा लिनुहोस् । साथै तनाव लिनबाट पनि बच्नुहोस् । एजेन्सी