२०८१ बैशाख ८ , शनिवार

बाथरुममा यस्ता चिज राख्दा कंगाल भइन्छ- वास्तु

सुनाखरी न्युज/ काठमाडौं । विशेषगरी सनातन धर्ममा वास्तु शास्त्रको विशेष महत्त्व छ । वास्तु नियमहरूलाई पालन गर्ने व्यक्तिको जीवनमा सुख तथा समृद्धि आउँछ । त्यहीँ केही लापरवाही गरेमा खुसीहरू हराउन पनि सक्छन् । त्यसैले, ज्योतिषहरूले वास्तुशास्त्रका नियमहरूलाई पालना गर्नुपर्ने सल्लाह सुझाव दिने गर्छन् ।

 

त्यस्तै, घरमा भएको ट्वाइलेट वा बाथरुमसम्बन्धी पनि वास्तुका आफ्नै नियमहरू छन् । बाथरुमबाट नकारात्मक ऊर्जा अत्यधिकरूपमा उत्पन्न हुने हुँदा बाथरुममा भुलेर पनि केही त्यस्ता चिजहरू राख्नु हुँदैन । जसले कंगाल बनाउन पनि सक्छ ।

– वास्तुशास्त्रीहरूका अनुसार बाथरुममा भिजेको वा गिलो कपडा छोड्नु हुँदैन । यसो गर्दा वास्तु दोष लाग्न सक्छ । साथै घरमा नकारात्मक ऊर्जाको आगमन हुन्छ । त्यसैले बाथरुममा भिजेको लुगा नराख्नुहोस् ।

– वास्तुशास्त्रका अनुसार बाथरुममा कहिल्यै पनि फुटेको प्लास्टिकको सामान राख्नु हुँदैन । यसो गरेमा मानिसको जीवनमा धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यदि, बाल्टी वा जगहरू फुट्यो भने तुरुन्त फेरिहाल्नुपर्छ।

 

 

– कतिपय महिला वा पुरुषहरू नुहाएपछि झरेका कपाललाई त्यत्तिकै छोड्छन् । यस्तो पनि गर्नु हुँदैन । वास्तुशास्त्रमा यसो गर्न मनाही गरिएको छ । यसले पनि वास्तु दोष आउन सक्छ ।

– बाथरुममा च्यात्तिएको वा टुटेको चप्पल पनि राख्नु हुँदैन । च्यात्तिएको चप्पलले पनि वास्तु दोष निम्त्याउन सक्छ । त्यो घरको व्यक्तिले नराम्रो समयबाट गुज्रनुपर्ने हुन सक्छ । एजेन्सी।