२०८१ बैशाख ६ , बिहिवार

अभिनेत्री उपासना फ्रुटीको ब्रान्ड एम्बेसेडरमा चयन

सुनाखरी न्युज/ काठमाडौं । भारतको पेय पदार्थ कम्पनी पार्ले एग्रोले फ्रुटीलाई नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर तोकेको जनाएको छ ।

 

अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएको कम्पनीले जनाएको छ । उपासना सिंह भन्छिन्, “सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु । यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ ।

 

हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ । नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ ।“फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पीईटी बोटलमा उपलब्ध छ ।