२०८१ बैशाख ८ , शनिवार

तनहुँ मतगणना अपडेटः रास्वपा का उम्मेदवार वाग्लेको मतान्तर बढ्दै

सुनाखरी न्युज/ काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १६ हजार ३ सय ४३ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ ।

 

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ९ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ । वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २ सय १३ मत प्राप्त गर्नुभएको छ । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।

 

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ४ सय ३० मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।