२०८१ बैशाख ११ , मंगलबार

अखिल (क्रान्तिकारी ) द्वारा आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

सुनाखरी न्युज/ काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिले संविधानमा व्यवस्था भए अनुरुप शिक्षा व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने माग गर्दै महानगर शिक्षा विभागलाई ज्ञापनपत्र बुझाएको छ ।

 

आईतबार संगठनका केन्द्रीय सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज यादव ढुंगानाको नेतृत्वमा गएको टोलीले विभागलाई १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

 

अखिल क्रान्तिकारीले कानुनभन्दा बाहिर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गर्नुपर्ने, सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाका छोराछोरी सोहि विद्यालयमा अध्यापन गराउनुपर्ने, जनअन्दोलन लगायत परिवर्तनकारी आन्दोलनका सहिद ,बेपत्ता र घाइते परिवारका सन्ततिलाई छात्रवृत्तिको व्यवस्था हुनपर्ने लगायतका माग राखेको छ ।