२०८१ बैशाख १३ , बिहिवार

शेयर बजारमा आज पनि गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १८.८० अंकले घटेर एक हजार ८ सय ८५ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २९ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८८८.५० रुपैयाँ पुगेको छ भने आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १३३६.५० रुपैयाँ पुगेको छ । यसका साथै आज सनराइज ब्लुचिप फण्डको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ ।

 

नेप्सेका अनुसार सनराइज फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ११ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।