२०८१ बैशाख ७ , शुक्रवार

सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’को भारतमा १५ करोडको ओपनिङ

सुनाखरी न्युज / काठमाडौं – सलमान खान स्टारर बलिउड फिल्म ‘किसीका भाई किसीकी जान’ले भारतीय बक्स अफिसमा अहिलेसम्मकै न्यून इद पर्वको ओपनिङ गरेको छ । शुक्रबार फिल्मले १५ करोड भारुको ओपनिङ गरेको भारतीय संचारमाध्यमले जनाएका छन ।हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १५ करोड ८१ भारूको ओपनिङ गरेको छ ।

 

सन् २०१० मा सलमानको फिल्म ‘दबंग’ ले १४ करोड ५० लाख भारूको ओपनिङ गरेको थियो। त्यसपछि इदमा रिलिज हुने सलमानका फिल्ममा सबैभन्दा कमजोर ‘किसीका भाइ किसीकी जान’ बनेको छ। सन् २०१० देखि २०१९ सम्म सलमान अभिनित अघिल्ला फिल्मको इद पर्वको ओपनिङलाई तुलना गर्दा यो फिल्मको कमाइ न्यून हो । इद पर्वको दोस्रो दिन भारतीय बक्सअफिसमा फिल्मले २५ करोड भारु कमाएको छ । फरहाद सम्जी निर्देशित यो फिल्म चारवर्षपछि रिलिज भएको सलमानको फिल्म हो ।

 

फिल्ममा ब्यांकटेश, पूजा हेग्डे लगायतको शीर्ष भूमिका छ । भारतीय फिल्मका ब्यापार समीक्षक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमा १५।८१ करोड भारु कमाएको छ । सन् २०१६ को इदमा रिलिज भएको सलमानको ‘सुल्तान’ले सबैभन्दा धेरै ३६।५४ करोड भारु कमाएको थियो ।सन् २०११ मा ‘बडिगार्ड’ ले २१ करोड ६० लाख, सन् २०१२ मा ‘एक था टाइगर’ ले ३२ करोड ९३ लाख, सन् २०१४ मा ‘किक’ ले २६ करोड ४० लाख, सन् २०१५ मा ‘बजरंगी भाइजान’ ले २७ करोड २५ लाख, सन् २०१६ ‘सुल्तान’ ले ३६ करोड ५४ लाख, सन् २०१७ मा ‘ट्युबलाइट’ ले २१ करोड १५ लाख, सन् २०१८ मा ‘रेस ३’ ले २९ करोड १७ लाख र सन् २०१९ मा ‘भारत’ ले ४२ करोड ३० लाख भारू कमाएको थियो।

 

विश्वब्यापी ५७ सय पर्दाबाट रिलिज भएको यो फिल्म भारतमा ४५ सय पर्दाबाट रिलिज भएको छ । नेपालमा भने प्रदर्शनरत दयाहाङ राई स्टारर जारी यो फिल्मका लागि चुनौति बन्यो ।