सुनाखरी न्युज/ काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं ११ स्थित नयाँकिरण माद्यमिक विद्यालय केन्द्रको मतदान रोकिएको छ । मतदानस्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए । नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई विपक्षी दलका कार्यकर्ता तथा समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो । अहिले सर्वदलिय बैठक बसिरहेको र सहमती गर्ने प्रयास गरिरहेको उक्त केन्द्रका मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिएका छन् । तनावको स्थिति चितवनको मतदान केन्द्र अवलोकन गर्न जाने क्रममा भएको हो । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आक्रमणको प्रयास भएको थियो ।
मतदान केन्द्र अवलोकन गर्ने क्रममा लामिछाने केहि सहयोगी सहित उक्त विद्यालय पुग्दा लामिछाने समर्थकले उनको पक्षमा नारा लगाएका थिए । नारा लागेपछि विपक्षी दलका समर्थक तथा कार्यकर्ताहरुले प्रतिकार गरेका थिए । आक्रमणको प्रयासमा सभापति लामिछाने सकुशल रहेको र त्यस्तो ठूलो घटना नभएको स्थानीय बताउँछन् ।