२०८० चैत्र १५ , बिहिवार

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो ।
प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ ।

 

प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रु महानुभावहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमापार्थी छौं ।