२०८१ बैशाख ८ , शनिवार

मतदान केन्द्रमा होहल्ला गरेको आरोपमा ४ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । बाराको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मतदान भने जारी छ ।

 

अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।