२०८० चैत्र १५ , बिहिवार

सिक्किमकी नीलम गुरुङले जितीन ‘द पोएट आइडल’को उपाधि

सुनाखरी न्युज/ काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् ।

 

उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो । अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायक थिए । उपाधि विजेता कविले दस लाख रुपैयाँसहित यात्रा पब्लिसिङ हाउसको तर्फबाट ५ लाख बराबरको कवितासंग्रह पनि प्रकाशनको अवसर पाएकी छन् ।

 

कार्यक्रममा १४ कविले विभिन्न एपिसोड र चरणमा तयार पारेका कविता संग्रहित पुस्तक पनि विमोचन भयो । उपाधि ग्रहण गर्दै गुरुङले साहित्यको क्षेत्रबाट नहराउने बताइन् । उनले साहित्यको डस्टरले नेपाल र सिक्किमबीचको सिमाना मेटिएको बताइन् ।