२०८० चैत्र १५ , बिहिवार

‘आइएमई पे’बाट विभिन्न इन्स्योरेन्सको बीमा नवीकरण गरी १००% क्यासब्याक जित्ने मौका

सुनाखरी न्युज/ काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ।

 

आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकले आफ्नो बीमा पोलिसी नवीकरण गर्न सक्नेछन्। सो सेवाअन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्स्योरेन्सलगायत अन्य विभिन्न इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न मिल्छ।

 

लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाई सजिलै बीमा नवीकरण गर्ने उद्देश्यका साथ आइएमई पेबाट इन्स्योरेन्स पोलिसीहरुको नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यसका साथै नयाँ वर्ष २०८० को उपलक्ष्यमा आइएमई पेमार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले १००% क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउनेछन्।