२०८३ जेठ ८ , शुक्रवार

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

सुनाखरी न्युज/काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

 

बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

May be an illustration of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- ド नैपाल मन्त्रालय गृह सिंहदरवार, काठमाडौं, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने बारा जिल्ला निर्वाचन क्षेत्र नं. चितवन जिल्ला निर्वाचन क्षेत्र नं. तनहूँ जिल्ला निर्वाचन क्षेत्र का मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायहरुमा मिति २०१० वैशाख गतेदेखि ૧० गतेसम्म मतदान हुने दिन मिति २०5० वैशाख १० गते आइतबार सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०६०/०१/०६ जितेन्द्र बस्नेत सहसचिव/प्रवक्ता /प्रवक्ता'