२०८१ बैशाख ११ , मंगलबार

मदिरा ब्यवसायीमा विवाद, शनिबार हुने निर्वाचन वहिष्कार गर्ने महर्जन पक्षको घोषणा

सुनाखरी न्युज/ काठमाडौं ।
मदिरा ब्यवसायी महनसंघका चरम विवाद देखिएको छ । विवादकै कारण शनिबार हुने संघको साधारणसभा तथा अधिवेशन समेत प्रभावित हुने भएको छ ।
शनिबार नयाँ नेतृत्व चयनमालागि निर्वाचन हुने कार्यक्रम रहेकामा दुई पक्षवपीच विवाद बढेपछि अध्यक्षमा प्रत्याशी मुकुन्द महर्जन पक्षले अधिवेशन वहिस्कार गर्ने घोषणा गरेको छ ।

 

यसअघि संघका वर्तमान अध्यक्ष सोनाम शेर्पा र पुर्ब कोषाध्यक्ष मुकुन्द महर्जन चुनावी मैदानमा थिए । तर शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै महजृन पक्षले निर्वाचनमा भाग नलिने घोषणा गरेको हो । त्यसक्रममा महासंघका निर्वतमान अध्यक्ष कृष्ण प्रसाद नेपाल, पुर्ब उपाध्यक्ष राजकुमार न्यौपाने लगायत संघका विभिन्न पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

महर्जन पक्षले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै:

आदरणीय संचारकर्मी मित्रहरु ।
सम्पूर्ण मदिरा व्यवसायीहरुको एक मात्र छाता संगठनको रुपमा रहेको नेपाल मदिरा व्यवसायी महासंघको भोलि वैशाख ९ गते काठमाण्डौमा हुने १७आंै वार्षिक साधारण सभा तथा १२आंै महाधिवेशनको सन्दर्भमा हामी उपस्थित भएका छौ । कुनै पनि संघ संगठनका लागी आवधिक अधिवेशन तथा साधारण सभा संघ संगठनलाई चलायमान वनाउने रक्त संचारको रुपमा लिने गरिन्छ । यस्तै रक्त संचार गराएर मदिरा व्यवसायी महासंघलाई जिवन्त वनाउनकालागी हामी यो अधिवेशनमा सहभागी हुन आएका थियौ तर वर्तमान अवस्थामा हामीले जे जस्तो स्वच्छ वातावरणमा यो महाधिवेशन सम्पन्न हुन्छ भन्ने सोचेका थियौ त्यो अवस्था रहेको पाईएन । महासंघलाई अगाडी वढाउने क्रममा महासंघको स्थापना कालदेखी देश भरिनै यो महासंघलाई विस्तार गर्ने क्रममा मेरो पनि महत्वपूर्ण भुमिका रहदै आएको कारण यस संस्थाको विधान अनुरुप संस्थाको सदस्य हुन अनिवार्य रुपमा मदिरा व्यवसायी हुनु पर्ने भन्ने प्रवधान रहेको हुदा अहिलेको महाधिवेसनमा विधान विपरीत धेरै जना गैर व्यवसायीहरुलाई प्रतिनिधि वनाएको देखिएकोले हामीले विधान वमोजिम संस्था चलायमान हुनु पर्छ भन्ने अवधारणा राखेर केहि महत्व पूर्ण निर्णय गर्न वाध्य भएका छौ ।
म तपाईहरुलाई महासंघको वर्तमान अवस्था र यस भित्र देखिएका विक्रिती विसंगती, व्यथिती र अनियमितताको वारेमा संक्षिप्त रुपमा स्पष्ट पार्न आफ्नो दायित्व सम्झदै यी विषयहरुलाई आदरणीय संचारकर्मी मित्रहरु समक्ष प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
१.संस्थागत निर्णय विपरित एक्लौटी एवं मनमौजी तवरले महासंघको संचालन ।
२. महासंघको आर्थिक पारदर्शिता तथा मितव्ययीता नभएकोले महासंघको साख दिनानु दिन कमजोर हुदै आएको छ । महासंघले यो कार्यकालमा व्यवसायीक हक हित र सुरक्षाको सम्वन्धमा कुनै पनि काम गरेको पाइएको छैन । कुनै पनि संस्थाको निती निर्माणको मुख्य थलोको रुपमा लिइने साधरण सभा ३ वर्षे कालको समयामा ४ वर्ष सम्ममा नगरी झारा टार्ने रुपमा १ पटक मात्र गरिएको ।
३. यस महासंघका संस्थापक सदस्य(एशोसियट सदस्य)हरु तथा संस्थागत सदस्यहरुलाई नेतृत्वले अभिभावकिय भुमिका निर्वाह गर्न नसकिरहेको ।
४. यो कार्यकालमा महासंघले व्यवसायीक हक हितका निमित्त कुनै पनि सरकारी निकायहरु संग समंन्वयकारी भुमिका निर्वाह नगरेको ।
५. संस्थागत संगठित सदस्यहरुलाई उपेक्षा गरि महासंघ प्रति आम व्यवसायीहरुको वितृष्णा जगाउने कार्य भएको ।
६. यस महाधिवेशनमा विभिन्न जिल्लाहरुवाट महाधिवेशन प्रकृयाकालागीनै प्रभावित पार्ने गरि आर्थिक चलखेल गरि गैर व्यवसायीहरुलाई महाधिवेशन प्रतिनिधिको रुपमा समावेश गरिएको ।
७. वर्तमान निर्वाचन समितीले समेत एक पक्षीय रुपमा निर्णय गरेर अवैधानिक रुपमा निर्वाचन प्रकृया अगाडी वढाई रहेको र विधानमै नभएका पदहरु सृजना गर्दै विभिन्न प्रतिनिधीहरुलाई पदिय प्रलोभनमा पारि भ्रमपूर्ण कार्यगर्दै आएको ।
८. महासंघको स्थापना देखी हाल सम्म महत्वपूर्ण योगदान गरेका पूर्व पदाधिकारी तथा सदस्यहरुलाई उपेक्षा तथा अपमान गर्ने कार्य भएको ।
९. आफ्नो व्यवासायीक क्षेत्र भन्दा वाहिर कारोवार गर्ने व्यवसायीहरुलाई कारवाही गर्नुको सट्टा प्रोत्साहित गरि आम मदिरा व्यवसायीहरुको व्यवसायलाई नै धरासाही पार्ने कार्य भै रहेको ।
१०. महासंघले गर्ने गरेका हरेक निर्णयहरु गोप्य रुपमा राखि व्यवसायीलाई गुमराहमा पार्ने गरिएको ।
११. व्यवसायीका कुनै पनि समस्या तथा विषयहरुमा वर्तमान नेतृत्वले समाधान गनुको सट्टा समस्या वल्झाउने कृयाकलाप गर्दै आएको ।
अतः यस्ता सम्पूर्ण विकृति विसंगतीहरुको विरुद्धमा आवाज वुलन्द गर्दे आम मदिरा व्यवसायी तथा सरोकारवाला पक्षको गम्भिर ध्यानाकर्षण गराउर्दै यस्तो अवस्थामा मैले निर्वाचनमा भाग लिईरहनु पर्ने औचित्य नदेखेकोले यो निर्वाचन प्रकृया पूर्ण रुपमा स्थगित गरि स्वच्छ र सही ढगवाट सम्पन्न गर्न काठमाण्डौ जिल्लाका श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू समक्ष निवेदन समेत गर्न पूगेको छु । तर सो निवेदन उपर हाल सम्म कुनै पनि कारवाही नभएका कारण वाध्य भएर यस पत्रकार सम्मेलन मार्फत आम मदिरा व्यवसायी तथा महाधिवेशन प्रतिनिधीहरु समक्ष यो निर्वाचन प्रकृया बहिस्कार गरेको जानकारी गराउदछु । साथै विधि पद्धती अनुसार नियम संगत ढगँले महासंघ चल्नु पर्छ भन्ने मनसाय भएका महासंघ प्रतिनिधीहरुलाई समेत यस अभियानमा सरिकभई एैकेवद्घता जनाउदै यो १२औं महाधिवेशन वहिस्कार गरि दिनुहुन हार्दिक अपिल गर्दछु ।
धन्यवाद ।।।
मुकुन्द महर्जन
अध्यक्ष पदका प्रत्यासी
नेपाल मदिरा व्यवसायी महासंघ, काठमाण्डौ

मिती ः २०८० साल वैशाख ८ गते शुक्रवार ।