२०८१ बैशाख ६ , बिहिवार

एसीसी कप क्रिकेटमा नेपालको जित, ओमान ८४ रनले पराजित

सुनाखरी न्युज/काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो ।

नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ सय १० रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिएका थिए भने दिपेन्द्रसिंह ऐरी २ र ललित राजवंशीले १–१ विकेट लिए । नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे।