२०८१ जेठ ६ , आइतवार

एनआईसी एसिया बैंकको ७ लाख भन्दा बढी सेयर बिक्रीमा

सुनाखरी न्युज/काठमाडौँ । एनआईसी एसिया बैंकले आज देखि सेयर बिक्रीमा राखेको छ । बैंकले वैशाख ८ गतेदेखि ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।

 

बैंकले यसमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

 

यो लिलामी सेयरमा यही वैशाख १५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। आवेदन काठमाण्डौको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।