२०८३ श्रावण १८ , सोमवार

गुल्मीमा आगोले जलेर एकको मृत्यु

सुनाखरी न्युज/काठमाडौँ । गुल्मीमा आगोले जलेर एक जनाको मृत्यु भएको छ भने दुई घर जलेर नष्ट भएको छ ।

 

गएराति धुर्कोट गाउँपालिका– ३ को बर्दबास सामुदायिक बनको आगो निभाउने क्रममा गम्भीर घाइते भएका दुई जनामध्ये सोही गाउँका १३ बर्षिया दीपक मुखियाको उपचारका क्रममा पाल्पाको प्रभास अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार अर्का गम्भिर घाइते सोही स्थानका धन बहादुर कुवरको प्रभासमा उपचार हुन नसकेपछि आफन्तले थप उपचारका लागि अन्यन्त्र लगेका छन् ।

 

त्यस्तै इस्मा गाउँपालिका – पटाती स्थित चापटारी सामुदायिक बनमा लागेको आगो फैलिदै जाँदा स्थानिय रुद्र बहादुर कुमालको तीन तले घर र गोठ जलेर पुर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सोही स्थानका शिबलाल कुमालको दुई तले घर र गोठ पनि जलेर पूणरुपमा क्षति भएको छ ।