२०८१ बैशाख ७ , शुक्रवार

‘नाईं न भन्नू ल ६’ को ‘कबाट कछुवा’ गीत सार्वजनिक

सुनाखरी न्युज/काठमाडौँ । विकाशराज आर्चाय निर्देशित फिल्म ‘नाईं न भन्नू ल ६’ को गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘कबाछ कछुवा’ बोलको गीत सार्वजनिक गरिएको हो।

 

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई देख्न सकिन्छ। बेनिशा पौडेलको स्वर रहेको गीतमा शब्द सुबोधकुमार पोखरेल र संगीत भुपेन्द्र रायमाझीको छ। फिल्ममा प्रियंकासँगै आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, अथर्व उप्रेतीलगायत कलाकारको अभिनय छ। अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। फिल्मको कथा निर्देशक आचार्यसँगै सामिप्य तिमल्सेना, अरूणदेव जोशीले तयार पारेका हुन्।

 

निर्माणमा निर्देशक आचार्यले विष्णुमणि दाहालसँग सहकार्य गरेका छन् भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान छन्। पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका छन्। यो फिल्म आगामी वैशाख १५ गतेदेखि प्रदर्शन हुँदैछ।