२०८० चैत्र १५ , बिहिवार

दुर्लभ विश्व कीर्तिमान नजिक सन्दीप

सुनाखरी न्युज/काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिए दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्।

 

सन्दीपले आजको खेलमा एक विकेट लिए क्रिकेट इतिहासमा सबैभन्दा छिटो १ सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। सन्दीपले यसअघि ४१ खेलमा ९९ विकेट लिइसकेका छन्। आजको खेलमा एक विकेट लिए ४२ खेलमा सय विकेट पुग्नेछ। सन्दीप ओडीआईमा ५० विकेट सर्वाधिक छिटो पूरा गर्ने विश्वको दोस्रा खेलाडी हुन्। ओडीआईमा सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका थिए।

 

यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। रसिदले ४४ खेलमा सय विकेट लिएका थिए। सन्दीप ओमानविरुद्धको खेलसहित दुइ खेलमा विकेटविहीन भए विश्व कीर्तिमान बनाउने अवसर गुम्नेछ।