२०८१ जेठ ६ , आइतवार

दोल्ती पावरको आइपीओ आज बाँडफाँड हुँदै

IPO

सुनाखरी न्युज/काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड हुने भएको छ ।

 

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार दिउँसो ३ बजे बत्तीसपुतली स्थित काजीको किचेनमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको लागि चैत्र २८ गतेदेखि वैशाख ३ गतेसम्म १२ लाख ७१ हजार ८ सय ८६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ ।

 

दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७६ पुस ८ गतेदेखि विजुली उत्पादन गरिरहेको छ ।