२०८० चैत्र १६ , शुक्रवार

नाफा बढाउनमा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डबीच प्रतिस्पर्धा

Bank

सुनाखरी न्युज/काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुले ११.७१ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका बैंकहरुले चालु आवमा ११.७१ प्रतिशतले नाफा बढाएर ४८ अर्ब ७० करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेका हुन् ।

 

यो अवधिमा अग्रस्थानमा नबिल बैंक देखिएको छ । नबिल बैंकले ५ अर्ब ११ करोड नाफा गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको हो ।। एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले नाफा बढाएका छन् । एभरेष्टले नाफा ६२ प्रतिशतले बढाएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक्ले ६० प्रतिशतले बढाएको छ ।

 

७ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । सनराइज, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।