२०८० चैत्र १५ , बिहिवार

‘तेरे नाम’पछि फेरी लामो कपालमा देखिँदैछन् सलमान खान

सुनाखरी न्युज / सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ फिल्म इदको अवसरमा अप्रिल २१ मा रिलिज हुँदैछ । चलचित्रको सम्पूर्ण टिम प्रचारप्रसारमा व्यस्त छ।

 

यस फिल्मको पहिलो हाफमा सलमान खान लामो कपालमा देखिनेछन । सलमानको यो लुकले उनका फ्यानहरूलाई आकर्षित गरिरहेको छ। सलमान लामो कपाल भएको फिल्ममा देखिइसकेका छन्। हामी चलचित्र ‘तेरे नाम’ को कुरा गर्दैछौँ। फिल्म तेरे नाम १५ अगस्ट २००३ मा रिलिज भएको थियो। यो रोमान्टिक इमोशनल ड्रामामा सलमानको क्यारेक्टरले दर्शकलाई धेरै प्रभाव पारेको थियो । यो फिल्म पछि, सलमानको हेयरस्टाइल लोकप्रिय भयो। उनका फ्यानहरूले पनि उस्तै कपाल राख्न थाले।  फिल्ममा उनको अपोजिट भूमिका चावला देखिएकी थिइन्। उनी लामो समयपछि सलमानसँग फिल्म ‘किसी का भाइ किसकी जान’ मा देखिने भएकी छन्। फिल्मलाई स्वर्गीय सतीश कौशिकले निर्देशन गरेका थिए।

 

सबै कलाकारको करिअरमा यस्तो अवस्था आउँछ जब उनीहरुको फिल्मले राम्रो प्रदर्शन गर्दैन। सलमान खानको पनि यस्तै भएको छ।सलमानले सन् १९९६ मा मल्टिस्टार फिल्म ‘हम साथ साथ हैं’ मा काम गरेका थिए। यो फिल्म सफल भयो तर यसपछि सलमानले केही फिल्म गरे। तर सन् २००२ सम्म कुनै पनि फिल्म उति हिट भएनन्। त्यसपछि सन् २००३ मा जब ‘तेरे नाम’ आयो, करिब ६ वर्षपछि सलमानको फिल्मले ठूलो तहल्का पिट्यो।

 

यो फिल्म सलमान खानका लागि निकै स्पेसल थियो। तर फिल्म रिलिज हुँदा सलमानलाई ठूलो डर थियो।एक टिभी कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भने, ‘मलाई यो फिल्मको अन्त्य मन परेन। एउटी केटीको लागि पूरा जिन्दगी बर्बाद गर्नु गलत हो । जिन्दगीमा अगाडि बढ्नुपर्छ। मानिसहरूले यो कुरा मन नपराउन सक्छन् भन्ने लागेको थियो।’