२०८१ बैशाख १३ , बिहिवार

घट्यो सुनको भाउ

सुनाखरी न्युज/काठमाडौँ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेरप्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तेजावी सुनको भाउ पनि आज प्रतितोला ४५० रुपैयाँले घटेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा स्थिर छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।