२०८१ बैशाख १४ , शुक्रवार

बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

सुनाखरी न्युज/काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

 

यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

 

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।