२०८१ बैशाख १४ , शुक्रवार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौँ । लगातार स्थिर रहेको सुनको भाउ बुधबार बढेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको हो। आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ। प्रतितोला फाइन गोल्डमा ३०० रुपैयाँ र तेजाबी गोल्ड २५० रुपैयाँ बढेको छ।

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।