२०८१ जेठ ५ , शनिवार

बढ्यो निफ्राको नाफा

सुनाखरी न्युज/काठमाडौँ । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा) को नाफा बढेको छ । गत आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमाससम्म नाफा ६७.२७ प्रतिशतले वृद्धि भएको हो ।

 

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले चैत मसान्तसम्म एक अर्ब १६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको चैत मसान्तसम्म ६९ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । यो बैंकले चैत मसान्तसम्म दुई अर्ब ४४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।