२०८१ जेठ ६ , आइतवार

नेपालका प्रमुख पोल्ट्री व्यवसायीहरुको उत्पादनमा सोया फेड लेबल लगाउन सुरु

सुनाखरी न्युज/काठमाडौँ । नेपालका प्रमुख पोल्ट्री व्यवसायहरू, पोखरा हिमालयन फुड्स, भट्टराई पोल्ट्री र पालुङ पोल्ट्री फिशरी फार्मले स्वैच्छिक रुपमा आफ्ना उत्पादनहरुमा ‘सोया फेड प्रोडक्ट’ भनेर उल्लेख गर्न सुरु गरेका छन् । ‘राइट टु प्रोटिन’ले सुरु गरेको यो जनस्वास्थ्य पहल हो ।

 

‘राइट टु प्रोटिन’ले २०२२ मा नेपालमा ‘सोया फेड’ पहलसुरु गरेको हो । पशु(प्रोटिन उत्पादन गर्ने किसानहरुले आफ्ना उत्पादनको गुणस्तर बढाउनका लागि आफूले पालेका पशु, कुखुरावा माछालाई सोयाबिनयुक्त खाना दिने गरेका छन् । लेबलमाुसोया फेडु उल्लेख गरिएकोउत्पादनले उपभोक्ताहरूलाई आफूले उपभोग गरिरहेका माछा र मासुलाई सोयाबिनयुक्त खाद्य पदार्थ खुवाइएको पशुपंक्षी वा माछाबाट प्राप्त भएको हो भनेर ढुक्क हुनसक्छन् । यस्ता उत्पादनबाट सोयाको उत्कृष्ट एमिनो एसिड प्रोफाइल र राम्रोसँग पाचन हुने एमिनो एसिड जसले उपभोक्ताको वृद्धिविकासमा मद्दत गर्छ ।

 

पोखरा हिमालयन फुड्स प्रालि, भट्टराई पोल्ट्री प्रालि र पालुङ पोल्ट्री फिशरी फार्म प्रालिका अध्यक्ष तथा नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव आशिष भट्टराईले भने, ुनेपालको पोल्ट्री क्षेत्रको प्रख्यात नाम भएकाले हाम्रो आफ्ना उपभोक्ताप्रतिको दायित्व ठूलो छ । हामी हाम्रो ब्रान्ड भरपर्दो र पारदर्शिहोस् भन्नेमा प्रतिबद्ध छौं । हामीलाई विश्वास छुसोया फेडु लेबलले जनावरको दानामा उच्च(गुणस्तरको सोयाबिनको महत्त्वलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछ । यसले उपभोक्ताले गुणस्तरीय प्रोटिनयुक्त खाना प्राप्त गर्न सक्छन् । यो सकारात्मक छन् ।

ुहामीलाई थाहै छ, हामी जे खान्छौं अन्ततस् त्यस्तै हुन्छौं। त्यसैले उच्च(गुणस्तरको सोयाबीनयुक्त खाद्यपदार्थ खान पाएका पशुपंक्षीको मासुबाट मात्रै कुनै पनि व्यक्तिले गुणस्तरीय प्रोटिन प्राप्त गर्नसक्छ ।नेपालका प्रमुख पोल्ट्री व्यवसायीहरूद्वारा सोया फेड उत्पादन लेबल अपनाउनु भनेको नागरिकहरूलाई उनीहरूको खाना छनौटहरू बारे थप सचेत गराउने दिशामा एक कदम हो। यो साझेदारी विशेष गरी महत्त्वपूर्ण छ किनभने अप्रिल २०२३ लाई हामीलेविश्वभरुसोयाु महिनाका रुपमा मनाइरहेका छौं,ु अमेरिकी सोयाबीन एक्सपोर्ट काउन्सिल, दक्षिण एसिया र सब(सहारा अफ्रिका र ुराइटु को समर्थक ( यूएस सोयसस्टेनेबिलिटी र मार्केटिङका प्रमुख दिबा गियानोलिसले भने ।

हामीले ‘सोया महिना २०२३’ मनाउँदै गर्दा राइट टु प्रोटिनुले सबै उद्योगलाई एकसाथ सोयाबिनलाई सुपरफिड र सुपरफुड का रुपमा नविन तरिकाबाट प्रयोग गर्दै आमसर्वसाधारणलाई पनि यो विषयमा सूसुचित गराउँदै आफ्नो दैनिक खानामा प्रशस्त मात्रामा प्रोटिन खपत गर्न उत्प्रेरित गर्न आग्रह गर्दछौं । सोया फेडु उत्पादन लेबलको बारेमा थप जान्नको लागि, यहाँ जानुहोस्।प्रोटीनको अधिकारको बारेमा स् ‘राइट टु प्रोटीन’ भनेको राम्रो पोषण, स्वास्थ्य र कल्याणको लागि पर्याप्त प्रोटिन खपतको महत्व बारे मानिसहरूलाई शिक्षित गर्ने एक पहल हो। ‘राइट टु प्रोटीन’ पहलले प्रोटिनका विभिन्न स्रोतहरुका बारेमा मानिसमा सचेतना पुग्ने लक्ष्यहरू राखेको छ ।

 

‘राइट टु प्रोटिन’ले प्रोटिन जागरूकता र प्रोटिनको बारेमा रहेका भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्दै मानव स्वास्थ्यका महत्वपूर्ण म्याक्रो–पोषकको रूपमा रहेको प्रोटिनको खपतलाई बढाउन सहयोग गर्ने छ । यस पहलले वनस्पतीय र पशु प्रोटिनको उत्पादन र उपभोगको गुणस्तर र एकरूपतामा सुधार गर्ने लक्ष्य राखेको छ । ‘राइट टु प्रोटिन’ पहललाई विश्वभरका विभिन्न विचारधाराका व्यक्तिहरू, शिक्षाविद्हरू, संस्थाहरू र विभिन्न क्षेत्रका अगुवाले समर्थन गरेका छन् । यो पहललाई ज्ञान, प्राविधिक सहयोग वा प्रवद्र्धन साझेदारको रूपमा उपलब्ध गराउने लगायत कुनै पनि क्षमतामा सामेल हुन वा योगदान गर्न चाहनेहरूका लागि खुला छ ।