२०८१ जेठ ६ , आइतवार

नयाँ वर्षमा प्रभु क्यापिटल लगानी व्यवस्थापन सेवाको वार्षिक शूल्कमा आजीवन १००% छुट

सुनाखरी न्युज/काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरु लाई वार्षिक शूल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ ।

“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शूल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म संचालनमाआउने जनाएको छ । यो अवधिभित्र डिम्याट खाताखोल्नुहुने हितग्राहीले पनि यस लगानीव्यवस्थापन सेवाको फाईदा आजीवनवार्षिक शूल्कमा १००% छुट पाउन सक्नुहुनेछ । ग्राहकले रु ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ३ लाखग्राहकले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवाक्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

 

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइन बाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ। ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि डिम्याट खाता खोलियस योजनामा सहभागी भई आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ।