२०८१ बैशाख १२ , बुधवार

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल खरिद गर्दा दुई हजार रुपैयाँ क्यास ब्याक

सुनाखरी न्युज/काठमाडौँ । नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए ५४ ५ जिको खरिदमा सीमित समयका लागि विशेष छुट योजना शुरु भएको छ ।

नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यीदुई मोबाइलको खरिदमा दुई हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सकिने योजना ल्याएको हो । सामसङले नबिल बैंकसंगको एक सम्झौतापत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो । सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो । यीदुवै मोडलहरुमा आश्चर्यजनक क्यामराहरु र धेरै दिन सम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रंगहरुमा उपलब्ध छन्।

नबिलको कार्डका लागिदेशका २५३ शाखाहरु मध्ये कुनै पनि शाखाबाट अथवा एनबैंक बाट लिन सकिनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।