२०८१ बैशाख १३ , बिहिवार

जिबात्माको हरेक श्वास प्रश्वासमा इश्वर छ ,त्यसैले मानव जीवन धन्य छ 

किरण गिरी ।
इश्वर न मन्दिरमा छ ।
न पुजामा छ ।
न पाठमा छ ।
न ध्यानमा छ ।
न जपमा छ ।
यो केबल ॐ तत सत मा छ ।

जिबात्माको हरेक श्वास प्रश्वासमा इश्वर छ ।
त्यसैले मानव जीवन धन्य छ ।

इश्वर न बेदमा छ ।
न बाइबलमा छ ।
न कुरानमा छ ।
न कबिर सागरमा छ ।
यो त केबल ॐ तत सत मा छ ।

जिबात्माको हरेक श्वास प्रश्वासम इश्वर छ ।
त्यसैले मानव जीवन धन्य छ ।

इश्वर न दानमा छ ।
न भक्तीमा छ ।
न भावमा छ ।
न मुर्तिमा छ ।
यो केबल ॐ तत सत मा छ ।

जिबात्माको हरेक श्वास प्रश्वासमा इश्वर छ ।
त्यसैले मानव जीवन धन्य छ ।

इश्वर न भिडमा छ ।
न बाहिर छ ।
न बन्द छ ।
न तिर्थमा छ ।
न ब्रतमा छ ।
यो केबल ॐ तत सत मा छ ।

जिबात्माको हरेक श्वास प्रश्वासमा इश्वर छ ।
त्यसैले त मानव जीवन धन्य छ ।

इश्वर न मस्जिदमा छ ।
न गिर्जाघरमा छ ।
न आश्रममा छ ।
न योगमा छ ।
न तपस्यामा छ ।
यो केबल ॐ तत सत मा छ ।

जिबात्माको हरेक श्वास प्रश्वासमा इश्वर छ ।
त्यसैले मानव जीवन धन्य छ ।

६ बैशाख , २०८०
बिहानको ब्रम्ह मुहुर्त बाट ।

लेखक – किरण गिरी नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य
एबं महासमिति सदस्य हुन ।