२०८१ बैशाख १४ , शुक्रवार

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ को मृत्यु, १७१ जनामा संक्रमण

Corona

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा  कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार कुल २ हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना कोभिड संक्रमित उपचाररत छन् ।