२०८१ जेठ ५ , शनिवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बन्द भएको छ ।

आज नेप्से ३.०७ अंकले घटेर एक हजार ९ सय ४ दशमलब ९८ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ८७ करोड चार लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.७० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २०६.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ५ करोड २६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।