२०८१ बैशाख १५ , शनिवार

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

सुनाखरी न्युज/ मोरङ । मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारे सगै बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका-१ का २८ बर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।